काठमाण्डु – प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु अहिले गम्भीर मोडमा रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि अहिले आफुहरु संसदको अधिवेशन, सरकार संविधानको कार्यान्वयन, समृद्धि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा…