काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमालेका चार जना नेतालाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार दिउँसो पार्टीभित्र देखा परेको विवादबारे छलफल गर्न नेपाल कम्युनष्टि पार्टी (नेकपा)का चार जना नेताहरुलाई बालुवाटार बोलाएका हुन् । उनले वरिष्ठ नेता माधवकुमार नेपालसहित स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बालुवाटार बोलाएर छलफल गरेका छन्…