दुई दिनभित्र बैठक डाक्न बहुमत सचिवालय सदस्यको अनुरोध, प्रधानमन्त्रीले गरे अस्वीकार

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले बैठक बोलाउन गरेको अनुरोध अस्वीकार गरेका छन् । शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पाँच जना सचिवालय सदस्यहरुले बैठक राख्न लिखित रुपमा गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय सदस्यहरुले दुईदिनभित्र बैठक बोलाउन आग्रह गरे पनि…