काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार र पिसिआर परीक्षणसम्बन्धी व्यवस्था मन्त्रिपरिषद्मा लैजाने भएको छ । शुक्रबार स्वास्थ्य सचिव लक्षण अर्यालले सर्वोच्च अदालतले निःशुल्क गर्न दिएको आदेश पाएपछि उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लाने जानकारी दिए । ‘हामीले अदालतबाट निर्णय प्राप्त गरिसकेपछि फैसलाअनुसार निर्णय मिलाउने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजानुपर्ने हुन्छ’, शिक्षा तथा स्वास्थ्य…