काठमाडौं- सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक नजिकिदैं जादां राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छन् । राष्ट्रपति कार्यालय स्रोतकाअनुसार मंगलवार राष्ट्रपति भण्डारीले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र रक्षामन्त्री ईश्वर पोखरेलसंग भेटवार्ता गरेकी थिईन् । राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको स्रोतको दावी छ । नेकपाका कार्यकारी अध्यक्ष…