काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीले आज दिउँसो ३ बजे टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्न लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले…