बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल गर्न शुक्रबार बिहानबाट बालुवाटारमा दुवै अध्यक्षबीच भेटवार्ता सुरु भएको हो । सरकारले डा. युवराज खतिवडालाई राजदूतमा नियुक्त गरेको भोलीपल्ट अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । डा. खतिवडाको नियुक्तीका विषयमा असन्तुष्ट…