केपी ओलीको नयाँ श्रीपेच लगाउने सपना पुरा हुँदैनः शक्ति बस्नेत

काठमाण्डु – पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली जनताको सुरक्षाको प्रतिबद्धता नगरेसम्म आन्दोलन गरिरहने बताएका छन् । संवैधानिक आयोगमा नियुक्ति गरेको बिरोधमा गरिएको आमहड्तालको क्रममा सडकमा निस्किएका पूर्वमन्त्री बस्नेतले केपी ओलीले आफुले गरेको गल्तीहरु नसच्याएसम्म उनले गरेका हरेक कदमहरुको विरोध गरिरहने बताएका हुन् । उनले लोकतन्त्रको मूल्यमान्यतालाई समाप्त पार्ने र आफु अधिनायकबादी शासक…