काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई वटा अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । मंगलबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय पदाधिकारी बैठकले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश फिर्ता लिन अपिल गरेको हो । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले दुइटै विधेयक संविधानको मुल मर्म, भावना र अहिलेको…