लमजुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन् । उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका–११ चितीमा मङ्गलबार शिलान्यास कार्यक्रममा बाल्दै उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकाले उनीहरुको संवाद र सहकार्य अपरिहार्य रहेकाले यतिबेला सरकार गिराउने र…