काठमाडौं -कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को विकास निर्माणका आयोजनाहरुलाई तीव्रता दिन माग गर्दै खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा गएको स्थानीय जनप्रतिनिधिहरु सहितको टोलीले विभिन्न केन्द्रीय मन्त्रीहरुसँग सोमबार छलफल गरेको छ । खानेपानी मन्त्री मगरको नेतृत्वमा प्रदेश सांसद तारा लामा, जिल्ला समन्वय समिति कञ्चनपुरका सभापति फैरु तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापा…