पोखरा – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता खगराज अधिकारीले पार्टीभित्रको विवाद केन्द्रिय कमिटिसम्म ल्याउन नहुने बताएका छन् । आइतबार कास्कीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको छिनोफानो गर्न नसकेर सचिवालयले आफ्नो अक्षमता प्रदर्शन गरेको टिप्पणी गरे । प्रधानमन्त्री ओली निकट रहेका…