काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोली मिर्गौला प्रत्यारोपणको १० दिनपछि बालुवाटार फर्किएका छन् । गत बुधबार मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १० दिनपछि डिस्चार्ज भएका हुन् । प्रधानमन्त्रीलाई अस्पतालभित्रबाट ह्विलचेयरमा बाहिर निकालिएको थियो । बाहिर आएपछि भने उनी उभिएर मुस्कुराउँदै हात हल्लाए अनि गाडीमा चढेर बालुवाटार लागेका थिए । ‘उहाँको पेटमा हामीले…