काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराउन सुझाव दिएका छन् । बाँस्कोटाले ७० करोड घूसका बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । अध्यक्ष प्रचण्डले यो प्रकरणले पार्टीलाई समेत क्षति पुर्याउने भन्दै बाँस्कोटालाई…