काठमाडौं – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा निर्माणाधीन नलगाड जलविद्युत आयोजनामा अनियमितता गर्न खाेज्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्यांकन प्रतिवेदन (ईआईए)बारे छलफल गर्न राजधानीमा आयोजित सरोकारवाला सहभागी गोष्ठीमा बोल्दै मन्त्री बस्नेतले ४ सय १७ मेगावाट क्षमताको निर्माणाधिन आयोजनामा सहयोग गर्न जिल्लाबासीलाई अपिल गर्दै आयोजनाको काममा भाँजो हाल्ने…