काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लिपुलेकमा सडक निर्माण गरेको विषय आफूलाई जानकारी नभएको बताएका छन् । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले नेपालको सीमा मिचेर सडक निर्माण गरेको र भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण सोधिएको बारेमा ‘ब्रिफिङ’ गरेका थिए । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुसँग प्रधानमन्त्री अोलीले भारतले लिपुलेकमा अतिक्रमण गरेर सडक निर्माण गरेको विषय…