काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बाँस्कोटाले कोरोनाविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै तारिफ गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वससञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाले कोरोनाविरुद्ध महाशक्ति राष्ट्रहरु कमजोर भइरहँदा नेपालमा एक जना मानिसलाई पनि क्षति नपुगेको भन्दै सरकारलाई धन्यवाद दिनुपर्ने बताए । उनले सरकारले राम्रो गर्यो भनेर बोल्नु महापाप हुने विचित्रको चलन रहेको भन्दै…