उर्जामन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाण्डु – उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सुरक्षामा खटिएका नेपाली सेनाका जमदारमा कोरोना संक्रमण भएपछि मन्त्री पुन कन्ट्र्याक्ट ट्रेसिङमा परेका थिए । शुक्रबारबाट होम आइसोलेसनमा बसेका मन्त्री पुनको बुधबार स्वाव संकलन गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि मन्त्री पुन नियमित काममा फर्किएका छन् ।