काठमाडौं - सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा अधिकांश सदस्यहरु स्थायी समिति बैठक तत्काल बोलाउन नहुने पक्षमा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वैठकमा अहिलेको सरकारको प्राथमिकता कोभिड १९ विरुद्धको लडाई र बजेट ल्याउने रहेको भन्दै तत्काल स्थायी समिति बैठक बोलाउन नसकिने बताएका थिए । उनले सरकारको बाध्यतालाई बुझिदिन समेत बैठकमा आग्रह गरेका थिए ।…