काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । केही दिनदेखि बिरामी परेका उनी झापाको बि एण्ड सी अस्पतालको आइसियूमा उपचाररत थिए । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता लिङ्देनलाई थप उपचारका लागि काठमाण्डु ल्याउने तयारी भएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डु ल्याउने तयारी भएको हो ।…