काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डा. खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनले मन्त्रीस्तरीय सेवा सुविधा पाउनेछन् ।