काठमाण्डु – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनताको सुविधाको लागि जग्गाको कित्ताकाट खुल्ला गरिएको जनाएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै कित्ताकाट विभिन्न सञ्चारमाध्यममा गलत प्रचार गरिएकाले यसबारे थप प्रष्ट पार्दै यस्तो बताएको हो । मन्त्रालयले जग्गाको कित्ताकाट व्यवस्थित गर्ने निर्णयलाई अतिरञ्जित ढंगबाट व्याख्या गरेर मन्त्री पद्मा अर्यालमाथि बिभिन्न झुटा र…