ओखलढुंगा – पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले काठमाडौंको सुनधारास्थित शहीदगेटमा लखन थापाको सालिक स्थापना गरिनुपर्ने बताएका छन् । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सम्पन्न नेपाल मगर संघ ओखलढुंगाको जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता खतिवडाले नेपालका पहिलो शहीद लखन थापा मगरको सालिक राखिनुपर्ने बताएका हुन् । सबै जात, धर्म, संस्कृतिलाई समेट्ने संविधान बनेकाले थापा मगर सहित…