भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बेसहारा रहेकालाई उद्धार गरी आश्रय दिने संस्था मानवसेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट १ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् । भक्तपुर कौशलटारस्थित सो संस्थाको नयाँ शाखाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको अक्षयकोष स्थापना र अन्यका कामका लागि हुनेगरी सो रकम सहयोग गरिने जनाए । निःस्वार्थ र समाजसेवी…