काठमाडौं – सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले एकीकृत कार्ययोजना बनाउन सरकारले सात वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको हो । सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ ।…