काठमाण्डु – उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले राजीनामा दिने बताएकी छन् । बुधबार सामाजिक सञ्जालमार्फत उपमेयर चौधरीले भ्रष्टाचारीलाई कारबाही नगरेको भन्दै राजीनामा दिने बताएकी हुन् । उनले जनतासँग माफी माग्दै दुई तिहाई सरकारलाई धिक्कार छ भन्दै उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेकी हुन् । उनले नगरपालिकामा भ्रष्टाचार व्याप्त रहेकाले आफू पदमा बसिरहनु उचित…