काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे सत्यतथ्य बाहिर ल्याउन सांसदहरुले माग गरेका छन् । बिहीबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको सत्य, तथ्य पत्ता लगाउनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नारदमुनि रानाले प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताए…