काठमाडौँ – महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जातीय भेदभाव र छुवाछूत लगायतका सामाजिक कुरितीका विरुद्ध गैरदलित समुदायका पत्रकारहरुले पनि अझ बढी कलम चलाउन निर्देशन दिएका छन् । मंगलवार मन्त्रालयमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको ज्ञापनपत्र बुझदै मन्त्री गुरुङले भने ‘आजको २१ औँ शताब्दीमा पनि दलित समुदायले जातीय भेदभाव तथा छुवाछूतको समस्या भोगिरहनु परेको…