काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सरकारी मन्त्री क्वाटरमा बस्न नपाउने भएका छन् । ललितपुरको हरिहर भवन स्थित मन्त्री निवासमा घर खाली नरहेकाले नवनियुक्त पर्यटन मन्त्री भट्टराई निजी निवास (भाडामा लिएको घर) मै बस्ने भएका हुन् । मन्त्री बनेपछि भेटघाटका लागि आउने तथा सचिवालय राख्नु पर्ने भएकाले निजी निवासमा ठाउँ…