काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विवाद आउनु सामान्य प्रक्रिया भएको बताएका छन् । काठमाडौंको रामशाहपथमा नेकपाको बागमती प्रदेशको प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी भत्किनु र फुट्नु सामान्य प्रक्रिया भएको बताउँदै पार्टी एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । ‘धेरै दुःख गरेर र ठूलो मूल्य चुकाएर…