काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा अोलीसँग भएको छलफल सकारात्मक भएको बताएका छन् । नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि प्रधानमन्त्रीले आफू निकट मन्त्रीलाई बालुवाटारमा बोलाएका थिए । जसमा प्रचण्ड निकट मन्त्रीलाई बैठकमा बोलाइएको थिएन । बुधबार बिहान बसेको बैठकमा पार्टी र सरकारबारे छलफल भएको बताइएको छ…