निजी क्षेत्रमा अख्तियार प्रवेश गर्ने कानूनबाट सरकार पछि हटेको छः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा नै सरकार अगाडि बढ्ने भएकाले कुनै पनि प्रकारको दुविधा नराख्न स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सव समारोहलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत नभएको बताएका छन् । उनले निजी क्षेत्रसँग मिलेर नै सरकारले आफ्ना गतिविधि अगाडि बढाउने भएकाले व्यवसायीलाई…