काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बिना निष्कर्ष टुंगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गृहकार्यका लागि समय मागेपछि बैठक स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्नका लागि सचिवालय बैठक बिहीवार बिहान ९ बजेका लागि तय गरिएको थियो…