केपी ओली राष्ट्रवादी होइनन्, भारतले ओलीसँग सल्लाह गरेर नक्सा छाप्योः शेरबहादुर देउवा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन् । पोखरामा शनिबार भएको चुनावी सभामा बोल्दै सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको बताएका छन् । ‘ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइन ? ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा…