काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म स्वतन्त्रताको कुरामा आफुहरु लागि पर्दै आएको बताएका छन् । विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति निर्माण गर्ने, सिसमहल, ज्योतिर्लिङ स्थापना र धर्मशाला बनाउने उद्देश्यले पर्वतमा जेठ १ गतेबाट सञ्चालित कोटीहोम तथा सामूहिक तुला दान महायज्ञको समापन कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले धर्म सापेक्ष वा निरपेक्ष नभई स्वतन्त्र…