काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपालको भूमिसहितको नक्सा सार्वजनिक गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको सर्वदलिय बैठकमा बोल्दै प्रधानमन्त्री अोलीले पूर्खाले लडेर ल्याएको भूमि हामीले अडेर जोगाउनुपर्ने बताएका छन् । ‘पूर्खाहरुले लडेर बनाएको र लडेर बचाएको नेपाललाई हामीले अडेर बचाउनुर्छ,’ प्रधानमन्त्रीले भने, ‘हामीले अहिले लडनु जरुरी छैन…