बर्दिया– वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले सरकारले एक वर्षको अवधीमा जग निर्माणको काम सम्पन्न गरेको भन्दै छिट्टै देशमा परिवर्तनको अनुभुति गर्न पाईने दावी गरेका छन् । चोरीशिकार नियन्त्रण तथा युवा परिचालन अभियान राष्ट्रिय दिवस–२०७५ को अवसरमा आईतवार वर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वस्नेतले वर्तमान सरकारले घर निर्माणका लागी बलियो जग बनाएको दावी गरे ।…