धनगढी– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा बन्न नसक्ने बताएका छन्। प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरीमा राजधानी बनाउने निर्णय गरिसकेको भएपनि पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यस्तो बताएका छन्। धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘खाली ठाउँ नरहेको र वन क्षेत्र रहेको हुनाले गोदावरीमा प्रदेशको राजधानी बनाउनु हुँदैन। प्रधानमन्त्री केपी शर्माओलीले उपयुक्त…