समाजवादी पार्टीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं – समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत गुमाएको छ । समाजवादीले अब प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्नेछ । समाजवादीले…