काठमाडौं – अन्ततः समाजवादी पार्टीले सरकार छाडेको छ । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । त्यसको भोलिपल्ट मंगलबार कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बुझाएकाे…