सुनसरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेल जिवन विताइरहेका निलम्बित सांसद रशम चौधरी रिहा हुने संकेत गरेका छन् । आइतबार सुनसरीमा थार समुदायको जितिया पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको बताउँदै जनताको मतबाट जितेका माननियहरुलाई स–सम्मान फिर्ता ल्याउने बताएका…