काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी ओलीले वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरुले नेपाली कम्युनिष्ट पार्टीका नाममा एकता गरेको बताएका छन् । शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले वामपन्थीबाट र बामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताए । उनले भने,‘पार्टी सबभन्दा मजबुद बनाउन त्यति सजिलो छैन् ।…