काठमाडौं - नेकपाका नेता तथा सांसद महेश बस्नेतले सिके राउत र विप्लव समूहको अराजक गतिविधिलाई नियन्त्रण गर्दा सरकारको आलोचना गरेर मानवअधिकार र न्यायालयले उनीहरूकै पक्षपोषण गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सांसद बस्नेतले भने, ‘मुलुकको सार्वभौमिक अखण्डतामाथि नै चुनौती दिने गरेर एकातिर सिके राउतका गतिविधि र अर्कोतर्फ आतंकवादलाई नै समर्थन गर्ने ढंगले…