प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं - कालापानी र लिपुलेक भारतले आफ्नो नयाँ नक्सामा समेटेपछिको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार साँझ भारतले आफ्नो नक्सामा राखेको दार्चुलाको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार ४ बजे सर्वदलीय बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् । भारतले जारी…