काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले रोजगारी गुमाएका युवाका लागि सरकारले आपतकालीन प्याकेज तत्काल नल्याए स्थिति भयावह बन्ने बताएका छन् । १३१ औं अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष राणाले सरकारलाई सजग गराएका हुन् । बन्दाबन्दीपछि १० लाख नेपाली युवा स्वदेश फर्किने र यस अवस्थामा सरकार सत्ताको भूलभूलैयामा लागिरहे…