काठमाडौं – प्रतिनिधि सभाअन्तर्गत कास्की क्षेत्र नम्बर– २ मा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । तत्कालीन पर्यटन मन्त्री समेत रहेका कास्की– २ का सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रवीन्द्रपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ…