नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने-एकताको मिसन अझै बाँकी

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (नेकपा( का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक आन्दोलन र कम्युनिष्ट आन्दोलनको इतिहास धेरै उतारचढावहरुले भरिएको बताएका छन्। शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘धेरै तिता मिठा अनुभवहरु यसभित्र संगालिएका छन्। २००६ सालमा पार्टी गठन भएदेखि, २०१९ सालदेखि पार्टी विभाजनको श्रृखला तिर जान थालेदेखि…