काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सदनमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताएका छन् । मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले विधेयकबारे संसदमा छलफल हुने तर फिर्ता नहुने बताएका हुन् । नेपाल पत्रकार महासंघलगायत संघसंस्थाले विधेयकमाथि दिएका सुझाव हेर्ने र बहस सुरू गर्ने पनि…