व्यापारलाई व्यवसायीमैत्री बनाउने गरि काम गर्नुस् : अर्थमन्त्री खतिवडा

काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्री रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा खतिवडाले राजस्व प्रशासनमा स्वच्छता, पारदर्शीता र कुशलता कायम गरी कार्यसम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव…