काठमाण्डु – नेकपा एमालेले ‘घर फर्क अभियान’ अन्तर्गत पार्टीमा फर्किएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको सचिवालय बैठकले विगतमा एमाले छाडेर हाल फर्किएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । एमालेमा फर्किनुभन्दा पहिले तत् अवस्थामा केन्द्रीय समितिमा रहेकाहरूलाई प्रतिनिधि बनाइने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।…